पोखराको अन्नपूर्ण प्याथ ल्याबमा कात्तिकभर विशेष छुट

हिमाली आवाज । अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ । दसैं, तिहार जस्ता महान् पर्वलाई लक्षित गरी अरु सबै प्रकारका जाँचमा पनि विशेष छुट दिइएको छ ।

एपिएलकी अध्यक्ष गीता कार्की पन्थले आधुनिक उपकरण, अनुभवी प्राविधिक टोलीसहित सेवा प्रदान गरिहेको एपिएलले चाडपर्वमा विशेष छुट दिएको जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन डी, भिटामिन १२, ट्युमर मार्कर, कल्चरसहित सबै प्रकारका रक्त परीक्षणमा दिइएको छुट कात्तिक महिनाभर रहनेछ ।

सोही भवनमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले पनि चाडपर्वको मौसममा युरिक एसिड सित्तैमा जाँच गरिरहेको छ । आठ वर्षअघि सञ्चालनमा आएको अन्नपूर्ण सिटी क्लिनिकले विभिन्न क्षेत्रका सुपरस्पेसलिस्ट चिकित्सक र अल्टासाउन्ड, भिडियो एक्सरे, एक्सरे लगायतका डायग्नोस्टिक सेवा एकै ठाउँबाट प्रदान गरिरहेको छ । क्लिनिकले पनि उपचार र डायग्नोस्टिक सेवामा चाडपर्वका बेला छुट उपलब्ध गराएको प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्थले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...