पोखराबाट एभरेस्ट आवाज डटकम सञ्चालनमा

पोखरा,१ कात्तिक । पोखराा एभरेस्ट मिडिया प्रा.लि.द्वारा सञ्चालित एभरेस्ट आवाज डटकम शनिबारदेखि सञ्चालनमा आएको हो । सञ्चारकर्ममा २ दशक अनुभव संगालेका पोखराका अग्रज सञ्चारकर्मीहरुले पोखरेली युवा उद्यमी तथा महिला उद्यमीहरुसँगको सहकार्यमा मिडिया हाउस सञ्चालन शुरु गरेका हुन् ।

शनिबार एक औपचारिक कार्यक्रमबीच एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले शुभारम्भले सो अनलाइनको शुभारम्भ गरिन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले पोखराबाट थप मिडिया सञ्चालनमा ल्याउन पाएकोमा पोखरेलीसहित सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताईन् ।

पत्रकार महासंघ कास्कीका अध्यक्षसमेत रहेका एभरेस्ट आवाजका सम्पादक दीपेन्द्र श्रेष्ठले मिडिया हाउसलाई आगामी दिनमा थप परिष्किृत गर्दै लैजाने बताए । उनले प्रा.लि. मार्फत न्यूज पोर्टलबाट शुरु भएको यात्रा एफएम रेडियो हुँदै अनलाइन टिभीसमेत सञ्चालन गरिने बताए । मंसीरदेखि एफएम रेडियो र यसै वर्षभित्र अनलाइन टिभीपनि संचालनमा आउने श्रेष्ठले जानकारी दिए ।

Comments
Loading...