पोखरामा दुई सहित गण्डकीमा आठ सङ्क्रमित थपिए, सात जना निको भए

पोखरा,२६ साउन । पोखरामा आज दुई सहित गण्डकी प्रदेशमा आठ कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गरी कास्कीमा दुई तथा तनहुुँमा दुई, पर्वत र स्याङ्जामा एक÷एक र नवलपरासीमा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । पोखराका संक्रमित वडा नं ५ र २६ का छन् ।

क्षयरोग उपचार केन्द्रमा पछिल्लो २४ घण्टामा गरिएको ५६३ नमुना परिक्षणमा आठ जनाको नतिजा पोजिटिभ आएको हो । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एक हजार ४७० पुगेको र २४ घन्टामा कास्कीबाट सात जना व्यक्तिहरु निको भई डिस्चार्ज भएको निर्देशक शर्माले बताए ।

Comments
Loading...