कास्कीमा संगठन विस्तारमा जुट्यो वाइसियल,सराङकोटमा ४५ सदस्सीय वडा कमिटी गठन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन वाइसियल कास्कीले जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएको छ ।
वाइसियलको आसन्न महाधिवेशनलाई लक्षित गरेर जिल्लाका सवै वडाहरुमा वडा कमिटी निर्माण, संगठन विस्तार तथा सुदृढीकरणमा कास्कीको वाइसियल टिम खटिएको छ ।यसैक्रममा आज पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको भेलाले वडा कमिटी गठन गरिएको छ ।

भेलाले खेमराज तिमिल्सिनाको अध्यक्षतामा ४५ सदस्यीय वाइसियल नेपाल वडा कमिटी गठन गरेको हो ।वाइसियल सराङकोट का अध्यक्ष विकास अधिकारी भेला भएको थियो । कार्यक्रममा वाइसियल नेपालका केन्द्रीय समिति सदस्य तथा कास्की जिल्ला इन्चार्ज मेख बहादुर विक(पहाड)ले वाईसियललाई देशकै एक अग्रणी युवा संगठन बनाइ छाडने अठोट व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्र कास्कीका जिल्ला सचिवालय सदस्य  एवं युवा नेता राजु  तिमिल्सिनाले पार्टीका विचार, कार्यक्रमहरुलाई जनतामाझ लैजान र युवाहरुलाई संगठित गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वाइसियलका जिल्ला अध्यक्ष भोजराज पौडेल, पार्टीको पोखरा महानगर कमिटी सदस्य भानु अधिकारी लगायतको सहभागिता रहेको थियो । भेलामा ४५ जना युवाहरु विभिन्न पार्टी छोडी नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र प्रवेश गरेका थिए ।

Comments
Loading...