कास्कीमा निषेधाज्ञा थपियो,जोर विजोर कायमै

हिमाली आवाज । कास्कीमा पुनः निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्ला प्रशासनले आगामी भदौ १८ गते राति १२ः०० बजेसम्म निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको छ ।

प्रशासनले आज साँझ सूचना जारी गरी पछिल्ला दिनमा निरन्तर कोरोना सङ्क्रमण दर र मृत्युदर बढ्दै गएकाले निषेधाज्ञाको आदेशलाई निरन्तरता दिइएको जनाएको छ ।

जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरुमा अघिल्लो पटक जारी गरिएको जोर विजोर प्रणालीलार्ई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । प्रशासनले सबै प्रकारका भेला, सभा, सम्मेलन तथा गोष्ठी आयोजना नगर्न आग्रह गरेको छ ।

Comments
Loading...