पोखराको शहीद स्मृति विद्यालयका विद्यार्थीलाई खोप

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १४ मा रहेको शहीद स्मृति आबासिय माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुलाई खोप लगाइएको छ ।

माओबादी जनयुद्धका क्रममा शहीद,बेपत्ता तथा घाईते भएका परिवारका बालबालिका अध्ययनरत सो विद्यालयमा ३५० जना विद्यार्थी छन् । १२ बर्ष माथि १८ बर्ष भित्रका विद्यार्थीहरुलाई खोप लगाइएको हो ।

सो क्रममा बिद्यालयका अभिभावक तथा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले शहिद परिवारलाई खोप कार्ड दिएर खोप सुरु गर्नुभयो ।

सो क्रममा मन्त्री अधिकारीले नेपालको आमुल परिबर्तनका खातिर रगत बगाएका योद्धाहरुको छोराछोरीहरुलाई अध्ययन गराएर केही हदसम्म भएपनि शहिद परिवारको घाऊमा मलम लगाउने प्रयास गरिएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो,“देशमा अहिले आएको गणतन्त्रको भागिदार यी बालबालिकाहरु हुन । तर केही चतुरहरुले यस्ता संरचनाहरु प्रति पनि नजरअन्दाज गर्न खोजेकोका छन् । सबैलाई सचेत रहन आग्रह गर्दछु ।” आबासिय रुपमा सञ्चालन गरिएको उक्त बिद्यालयले शिक्षाको गुणस्तरमा पनि बिकास गरेको विद्यालयले जनाएको छ।

Comments
Loading...