पार्टीको नेतृत्व गर्दै आर्थिक विकासको सुत्रपात गर्छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ,४ भदौ । नेकपा अध्यक्ष प्रचण्डले ५र७ दिनभित्रै पार्टीभित्र नयाँ परिस्थिति बन्ने दाबी गरेका छन् । उनले अर्का अध्यक्ष केपी ओलीसँग नयाँ समझदारीमा जानुपर्छ भनेर सहमति भएको बन्दै ५र७ दिनभित्रै पार्टीभित्र नयाँ परिस्थिति बन्ने दाबी गरेका हुन् ।

एपीवान एचडी टेलिभिजनको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा भूषण दाहालसँगको अन्तर्वार्तामा प्रचण्डले भने, ‘पार्टी विवादबारे दुबै अध्यक्षबीच नयाँ समझदारीमा जानुपर्छ भनेर सहमति भएको छ । कार्यदलले काम गरिरहेको छ । नयाँ निष्कर्षसहित अघि बढ्ने वातावरण बन्छ ।’ उनले अहिले पार्टीभित्र ठूलो चुनौति देखिएको भए पनि चुनौतीभित्रै सम्भावना र अवसर पनि रहेको बताए ।

उनले भने, ‘जारी स्थायी कमिटीको बैठकमा सीमा समस्या, सरकार र पार्टी कामको समिक्षा, जनताका दैनिक समस्या, एमसीसी लगायतका एजेण्डा छन् । गठन गरिएको कार्यदलले यी विषयमा व्यवस्थित सुझाव ल्याउँछ । त्यही अनुसार सचिवालय हुँदै स्थायी कमिटीमा जान्छौं ।’
प्रचण्डले देश र जनतालाई केन्द्रविन्दुमा राखेर समाधान निकालिने बताए । उनले मन्त्रिपरिषद्, प्रदेश सरकार, संवैधानिक नियुक्तिलगायतका विषयमा सचिवालयका समझदारी गरेर मात्रै निर्णय हुने दाबी गरे ।

‘पदको लडाइँ हैन’
उनले अहिले नेकपाभित्र देखिएको विवाद पदका लागि नभएको स्पष्ट पारे । उनले त्यसबारे थप स्पष्ट पार्दै भने, ‘अहिलेको विवाद पदका हैन, हिजो पनि थिएन । एकता वा गठबन्धन गर्दा पनि पदका लागि त्यो गरिएको थिएन । पदका लागि भएको भए पार्टी एकता नै हुँदैनथ्यो । देशका लागि एकता आवश्यकता भनेर एकिकरण गरेका हौं । विचार, सिद्धान्त, राजनीतिक विचारको मात्रै लडाइँ हो ।’

Comments
Loading...