पोखरामा नौ वर्षीया बालिका बलात्कृत,आरोपित पक्राउ

पोखरा,१५ भदौ । पोखरा महानगरपालिका–१० निवासी नौ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छन् । बालिका बलात्कारको अभियोगमा प्रहरीले स्याङ्जाको विरुवा गाउँपालिका–७ घर भई हाल पोखरा वडा नं १० बस्ने ५५ वर्षीय रेसबहादुर गुरुङलाई हिजो राति पक्राउ गरिएको जनाएको छ ।

गुरुङले ती बालिकालाई विगत चार÷ पाँच महिनादेखी बलात्कार गर्ने गरेको खुलेको जनाइएको छ । गत भदौ ९ गते आफन्तले त्यसबारेमा जानकारी पाएपछि प्रहरीमा जाहेरी दिएका थिए । बालिकाका आफन्तले यस बारेमा थाहा पाएपछि आरोपित फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले अभियुक्तलाई स्याङ्जानै पुगेर पक्राउ गरिएको जानकारी दिँदै जबर्जस्ती करणीको अभियोगमा म्याद थप गरी मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

“अभियुक्तले विगत चार पाँच महिनादेखी जर्वजस्ती गर्ने गरेको खुलेको छ । अन्तिम पटक भदौ ९ गते उनले जर्वजस्ती गरेका रहेछन् । थप अनुसन्धान जारी छ।” प्रनाउ हमालले भने । प्रहरीले आजनै घटनाका बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

Comments
Loading...