म्याग्दीकाेे गिवाङमा पहिराेमा परेका दुइ जनाकाे शव भेटियाे

हिमाली आवाज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आइतबार पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ ।
यसैगरी अन्नपूूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको जिवितै उद्दार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभयो ।
नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरुको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउदै गरेका उहाँले बताउनुभयो ।
आइतबारको पहिरोमा परि म्याग्दीमा मृत्युु हुनेको संख्या तीन जना पुगेको छ । प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार बेनी नगरपालिका ३ भकिम्लीको छेपारेमा अन्दाजी ३६ वर्षीया कुमारी वली बिकको पहिरोमा परि मृत्यु भएको छ ।
मालिका गाउँपालिका–३ औलामा पहिरोमा पुरिएका एक जनाको उद्दार भएको र दुई जनाको खोजी भइरहेको प्रजिअ गणेश गैरेले बताउनुभयो । उमेर नखुलेका किरन पुनलाई अचेत अवस्थामा उद्दार गरिएको र नाम नखुलेका दुई जनाको खोजी भइरहेको उहाँले बताउनुभयो ।
Comments
Loading...