पोखरामा ठूलो मात्रामा लागूऔषध गाँजा सहित दुई जना पक्राउ

पोखरा,२६ साउन । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले आइतबार  पोखरा महानगरपलिका–१० शिवमार्गबाट दुई जनालाई एक किलो २०० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा जिल्ला स्याङ्जा हरिनास गाउँपालिका–४ बाङगेश्वारा घर भई हाल पोखरा महानगरपलिका–१० शिवमार्ग बस्ने २० वर्षीय जीत बहादुर बि.क. र धादिङ सिद्धलेक गाउँपालिका–६ कुम्पुर घर भई  हाल पोखरा  महानगरपालिका –१० बस्ने २३ वर्षीय रोहित घले रहेका छन् ।

शिवमार्ग स्थित केहि व्यक्तिहरुले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाईएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

Comments
Loading...