काठमाडौँ उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द

काठमाडौँ,२६ साउन । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यका भित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताए ।

निर्णयको बुँदा नम्बर १० मा ‘उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरुबाट अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाहलाई १५ दिन बन्द गर्ने’ भनिएको छ ।

Comments
Loading...