देशभरका शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय

काठमाडौं,२७ साउन । सरकारले देशभरका शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सोमवारको मन्त्रिपरिषद्को बैठकले अर्को सूचना नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जनाइएको छ ।

डा. खतिवडाले भने,‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’ यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने तयारी थियो ।

Comments
Loading...