पोखराको वडा नं ६ र १६ मा दुई संक्रमित भेटिए

पोखरा,२८ साउन । पोखरामा आज विहान थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ६ मा २३ वर्षीय पुरुष र १६ मा ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लगिएको निर्देशनालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच गण्डकी प्रदेशमा कोराना संक्रमित हुनेहरु एक हजार ६५० पुगेको छ ।

Comments
Loading...