नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु

काठमाडौं, २९ साउन । नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप चार जनाको ज्यान गएको र हालृसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको जनाएको छ ।

मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रदेश–१ मा ८ पुरुष, प्रदेश–२ मा २८ पुरुष र ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपििश्चम प्रदेशमा ५ पुरुष र तीन महिलाको निधन भएको छ ।

Comments
Loading...