पोखरामा कोरोनाले ७३ वर्षीया महिलाको मृत्यु

पोखरा,२३ भदौ । पोखरा महानगरपालिका–१० निवासी ७३ वर्षीया महिलाको आज कोरोना संक्रमणका कारणबाट मृत्यु भएको छ ।

भदौ २२ गते कोरोना संक्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएकी ती महिलाको सघन उपचार कक्षमा उपचारको क्रममा दिउसो ३ः५० बजे मृत्यु भएकोे अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएका नौ जनाको सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

Comments
Loading...