बाग्लुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

पोखरा,२८ भदौ । बाग्लुङमा दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण जिल्ला बाग्लुङको जैमिनी नगरपालिका–५ बिनामारे बस्ने निलकण्ठ पौडेलको घर माथिबाट बिहान अन्दाजी ७ः३० बजेको समयमा बासको झाङ सहितको पहिरो आई घर पुरिदा निजको आमा वर्ष ७०।७५ की जाल्पादेवी पौडेलको पुरिएर मृत्यु भएको छ । प्रहरीले पौडेललाई मृत अवस्थामा उद्धार गरेको छ ।

त्यसैगरी जैमिनी नगरपालिका–१ टुनिबोटका मणिभद्र पाध्याको घरमाथिबाट सडकमा लगाएको ग्याविन जाली सहितको पहिरो आई घर पुरिदा उनको श्रीमती वर्ष ६०।६५ को लक्ष्मीदेवी पाध्याको घरभित्रै पुरिएर मृत्यु भएको छ ।

प्रहरी तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनलाई मृतावस्थामा घर भित्रबाट निकालेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...