भैँसी चराउन गएका गुरुङ बाघको आक्रमणमा घाइते

पोखरा,२८ भदौ । पर्वतमा बाघको आक्रमण परी एक जना घाइते भएका छन् ।

आज विहान अन्दाजी १०ः०० बजेको समयमा जिल्ला मोदी गाउपालिका–१ भुकदेउराली बस्ने वर्ष ७४ का बुद्दी बहादुर गुरुङ बाघको आक्रमणमा परी घाइते भएको प्रहरीले जनाएको छ ।

घर देखी अन्दाजी २०० मिटर पर जंगलमा भैसी चराउन जाने क्रममा एक्कासी बाँघले आक्रमण गर्दा उनी घाइते भएका थिए । उनको कास्कीको नयाँपुल स्थित एक मेडिकलमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...