पोखराको ताल बाराही माविको व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन

हिमाली आवाज । पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन हुनुभएको छ । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहनुभएको छ ।

त्यसैगरी वडा शिक्षा समितिबाट गणेश पहारी र मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्र्याल चयन हुनुभयो । सरकारको शिक्षा ऐन नियमावली अनुसार ९ सदस्सीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ तारा प्रसाद पोखरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

नव नियुक्त पदाधिकारीहरूलाई सोमबार नै पदस्थापन गरिएको छ । नव नियुक्त अध्यक्ष पहारी पश्चिममाञ्चल होटल संघका पूर्व अध्यक्ष र पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने प्रतिवद्धता जनाउनुभयो ।

पोखरामा महानगर पालिका वडा नं–६का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले नव नियुक्त समितिलाई बधाइ व्यक्त गर्दै, विद्यालयमा गुणात्मक शिक्षाको लागि आफू र वडा कार्यालयतर्फ बाट सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । प्रधानध्यापक पोखरेलले नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त रहेको जनाउनुभयो ।

Comments
Loading...