पोखरामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित १७ संक्रमित थपिए

पोखरा,२९ भदौ । पोखरामा आज विहान १७ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी बाग्लुङमा दुई जना गरेर गण्डकी प्रदेशमा १९ जना थपिएका छन् ।वडा नं ४ र १७ मा कार्यरत सात जना प्रहरीलाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका अन्तर्गत कार्यरत पोखरा–८ का २१ वर्षीय महिला स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको जनाइको छ । पोखराका अन्य संक्रमित क्वारेन्टिनमा बसेका हुन् । हालसम्म प्रदेशमा संक्रमित दुई हजार ९९१ पुगेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुने एक जना थपिएका छन् । नवलपरासीको मध्यविन्दु नगरपालिका–१२ का ६० वर्षीय पुरुषको लुम्विनी अस्पतालमा उपचारको क्रममा मृत्यु छ । उनी निमोनिया र श्वासप्रश्वास सम्वन्धी समस्याबाट समेत पीडित थिए ।

उनको भदौ २६ गते मृत्यु भएको थियो । हालसम्म प्रदेशमा मृत्यु हुनेको संख्या २८ पुगेको छ।

Comments
Loading...