नेलम्वो नेपालद्वारा कास्कीका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

पोखरा, ३ असोज । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्वो नेपालले नेपाल पत्रकार महासंघ कास्की शाखालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाईरसका विरुद्ध अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षित तवरले काम गर्न सहयोग पु¥याउने उद्देश्य सहित शनिवार एक कार्यक्रमकाबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई मास्क तथा सेनिटाजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गर्दै सामाजिक दूरी कायम गर्दै माक्स र सेनिटाईजरको प्रयोगले कोरोना भाईरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष श्रेष्ठले नेलम्वो नेपालले गरेको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सामाग्रीको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । महासंघका सचिव रामप्रसाद तिमिल्सेनाले नेलम्वो नेपालले गरेको सहयोगले पत्रकारहरुलाई सुरक्षित भएर पत्रकारिता गर्न सहयोग पुग्ने वताए । नेपाल पत्रकार महासंघ कास्कीमा हाल ३ सय एक जना सदस्य रहेका छन् ।

 

Comments
Loading...