शैक्षिक परामर्श व्यवसाय सञ्चालनको वातावरण बनाउन इक्यानको प्रशासनसँग माग

पोखरा । छ महिनादेखी शैक्षिक परामर्श व्यवसाय बन्द भएपछि व्यवसायीले अविलम्व शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले परामर्श व्यवसाय संचालन गर्ने वातावरण बनाउन माग सहित आज प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको छ ।

वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श प्रदान गरी सहजीकरण गर्ने व्यवसाय भएकाले अनलाइनमार्फत नै धेरै काम हुने भएकाले सरकारले लागु गरेका सुरक्षाका मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने आफूहरुको माग रहेको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले बताए ।

कार्यालयमा धेरै भिड नहुने भएकाले सहज रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने तोकिएका स्वास्थ्य मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउनका लागि सरकारसँग माग गरिएको उनको भनाई छ ।

शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनमा जाने विद्यार्थीले लिने अध्ययन अनुमतीपत्र अनलाइन मार्फत जारी गर्न शुरु गरिएको, अध्यागमन विभाग, दुतावास, भि एफ एस लगायत सवै खुलेकाले विद्यार्थीको सहजीकरणका लागि व्यवसाय सञ्चालन गर्नुपर्नेे सचिव रुद्रप्रसाद अर्यालले बताए ।

Comments
Loading...