शैक्षिक परामर्श सेवा सुचारु गर्न माग गर्दै भाषा संघको प्रशासन र महानगरलाई ज्ञापनपत्र

हिमाली आवाज । भाषा संघ नेपालले शैक्षिक परामर्श सेवा सञ्चालनको माग सहित आज जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखामा ज्ञापन पत्र बुझाएको छ ।

कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि आह्वान गरिएको लकडाउन तथा निषेधाज्ञा समेत अन्त्य भएको तथा प्रशासनको गत असोज १ गतेको निर्णयले जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकाले परामर्श व्यवसाय समेत तत्काल सञ्चालन गर्ने वातावरण मिलाउन संघले माग गरेको छ ।

बैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श गरी सहजीकरणका सेवा दिने भएकाले धेरै भन्दा धेरै प्रक्रियाहरु अनलाइनमार्फतनै हुने र विश्वविद्यालयका आवेदन फारम लगायत केहीका लागि मात्र उपस्थित हुनुपर्ने भएकाले सरकारले तोकेको भौतिक दूरी कायम गर्र्न सकिने भएकाले सरकारले सेवा सुचारु गर्ने वातावरणका लागि आग्रह गरिएको संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए ।

सन् २०२० को फेव्रुअरीमा नतिजा आएका विद्यार्थी अप्रिलसम्म जापानस्थित विश्वविद्यालयहरुमा पुगिसक्नुपर्नेमा कोरोनाका कारणले प्रभावित भएको र शिक्षा मन्त्रालयले समेत वैैदेशिक अध्ययनमा जाने विद्यार्थीले लिने अध्ययन अनुमित पत्र  अनलाइनबाट लिने व्यवस्था मिलाएको तथा अध्यागमन विभाग, दूतावास तथा लामो दूरीको यातायात समेत खुल्न थालेकाले विद्यार्थीलाई सहजीकरणको आवश्यकता रहेको भाषा संघले जनाएको छ ।

कतिपय विद्यार्थीले नतिजा आएलगत्तै शिक्षण शुल्क तिरिसकेको तथा भीषा प्रक्रिया छिट्टै शुरु गर्नुपर्ने भएकाले समेत प्रशासन तथा महानगरबाट सहजीकरण गर्नुपर्ने भाषा संघ नेपालका सदस्य विकास गौतमले बताए ।

संघमा आवद्ध संस्थाहरुले जापान जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएका छन् । हाल संघममा ४३ वटा संस्था आवद्ध छन् ।

Comments
Loading...