पत्रकार वर्षा बाघमारा सहकारीबाट सम्मानित

पोखरा, ९ असोज । बाघमारा बहुउद्देश्यीय(साकोस) सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभाका अवसरमा राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मा सहित विभिन्न व्यक्तित्व सम्मानित भएका छन् ।

पत्रकार जमुना वर्ष शर्मालाई बाघमारा सहकारी सञ्चारकर्मी सम्मानबाट पुरस्कृत गरियो भने सहकारीको उत्कृष्ट कर्मचारीतर्फ प्रवेश नेपाली, उत्कृष्ट दैनिक बचत कर्ताबाट भोटेपोखरी ट्रेडर्स(संस्थागत तर्फ) सुधनराज अधिकारी(व्यक्तिगत तर्फ) सम्मानित बने ।

त्यस्तै उत्कृष्ट आर्थिक कारोबार तर्फ युवराज शर्मा र विष्णुबहादुर कार्की, असल कर्जा कारोबार तर्फ गोविन्द चापागाइँ र विष्णुदेवी पौडेल, संस्थागत मुद्धती निक्षेपकर्ता तर्फ शिशुकल्याण मा.वि., संस्थागत ऐच्छिक बचतकर्ताबाट भरतपोखरी साना किसान कृषि सकारी संस्था लिमिटेड सम्मानित भएका छन् । सहकारीले ज्येष्ठ शेयर सदस्य तर्फ कुन्तीदेवी बराल र धर्मराज अधिकारी, उत्कृष्ट खुत्रुके बाल बचतकर्ताबाट वासना गुरुङ र अनिष गौतम, असल अनुगमनकर्ता एवम् सुझावकर्ताबाट ऋषिराम काफ्लेलाई सम्मान गरेको छ ।

साधारणसभाका अवसरमा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्य र सहकारीका अध्यक्ष एवम् कोपरेटिभ प्रेसिडेन्ड सोसाइटी(कोप्स)का अध्यक्ष डिल्लीराम बरालले आज उनीहरूलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीहरू उत्पादनमा जोडिनुपर्ने आवश्यकता औंल्याए । सहकारीलाई थप व्यवस्थित बनाउँदै जाने तर्फ महानगरपालिका लागेको बताउँदै उनले सहकारीका मूल्य मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले समाजलाई आर्थिक समृद्धि तर्फ डो¥याउनका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै वातावरणको संरक्षण सहित उत्पादन तर्फ लक्षित हुन आग्रह गरे ।सम्मानित व्यक्तित्व शर्माले सम्मानले काम प्रति अभिप्रेरित हुन थप उर्जा मिलेको धारणा व्यक्त गरिन् ।

सहकारीका अध्यक्ष डिल्लीराम बरालले संस्थाले छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै सदस्यहरूकै आर्थिक विकासको लागि सहकारीको मूल्य मान्यतामा आधारित रही उद्यमलितामा जोड दिइएको बताए । सहकारीले कृषि, पशशुपालन, शिक्षा, आयमूलक एवम् उत्पादनमूलक कामलाई प्राथमिकता दिदै आएको उनले बताए ।

कोरोना भाइरसको महामारीका कारण साधारणसभालाई सात दिने कार्यक्रम बनाइएको उनले जानकारी दिए । कार्यक्रमको सञ्चालन सहकारीका सचिव नन्दलाल काफ्लेले गरेका थिए ।

Comments
Loading...