कास्कीमा पहिरामा परी दुई घाइते

हिमाली आवाज । अविरल वर्षापछि गएरातिको पहिरामा परी कास्कीमा दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३० डुडाको मुख स्थित हेलु परियारको ब्लकले बनेको टिनको छानो भएको एक तले घर माथिबाट पहिरो आई उक्त घरको दाँया पट्टिको एक वटा कोठा भत्किदा १९ वर्षीय रोहित परियार वर्ष २२ का  अनिष तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैको अवस्था सामान्य रहेको बताइन्छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइन्छ ।

घरमा छ जनाको परिवार बस्ने गरेकामा पाँच जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...