यस्तो छ आजको मौसम पूर्वानुमान

हिमाली आवाज । मौसम विज्ञान विभागले आज पनि देशका केही स्थानमा आंशिक बदली हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

Comments
Loading...