पोखरा महानगरको सहयोगमा खपौँदीमा खुल्यो किसानबजार

हिमाली आवाज । पोखराको वडा नं १८ स्थितखपौँदीमा फेवा किसानबजार खुलेको छ ।

कृषकहरुले उत्पादन गरेका उपभोग्यवस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसँगको साझेदारीमा बजार सञ्चालनमा आएको हो ।

महानगरका प्रमुख मानबहादुर जिसीले शुक्रबार बजारको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसीले कृषि क्षेत्र शशक्त पेशा र महत्वपूर्ण व्यवसाय भएको चर्चा गर्दै उपभोक्ताहरुको माग अनुसारका कृषि उपज उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

“स्थानीय तथा अर्गानिक उत्पादनप्रति जसरी उपभोक्ताहरुको चासो बढेको छ, त्यहि रुपमा अहिले कृषि उपज बजारमा आउन सकेको छैन”जिसीले भने “फेवा किसान बजारले उपभोक्ताको मागअनुसार वस्तुहरुको विक्रीवितरणगर्न सक्नुपर्छ ।” किसानले उत्पादन गरेको वस्तु कृषकले नै विक्रीगर्न पाउनुपर्ने उनको भनाई छ ।

पोखरामा दैनिक ३ करोड मुल्य बराबरको तरकारी खपतहुने गरेको दृष्टान्त सुनाउँदै मेयर जिसीले करौडौँ रकम बाहिरिनबाट जोगाउनका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए । “यहाँ उत्पादन हुने वस्तु सकेसम्म बाहिरबाट आयात नगर्ने महानगरको नीति हो” उनले भने ।

पोखराको लेखनाथस्थित तालचोक, विरौटा, काहुँखोला, बाटुलेचौर लगायतका स्थानमा यस किसिमका बजारहरु सञ्चालनमा आईसकेको जानकारी दिँदै उनले कृषक र उपभोक्तालाई सीधा व्यापारमा जोड्ने महानगरको उद्देस्य रहेको बताए । मेयर जिसीले व्यवसायीक कृषकहरुले कृषि बिमाको सुविधा प्रयोग गर्नुपर्नेमा पनि जोड दिए ।

महानगरका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकहरु विचौलीयाका कारण पीडित भएकाले यस्तो बजारको कल्पना गरिएको बताए ।पोखराको वडा नं १८, २३ र २४ का कृषकहरुलाई लक्षित गरी विक्री केन्द्र सञ्चालनमा ल्याईएको उनले जानकारी दिए । उत्पादनले बजार नपाएको भनेर कृषकहरुले सधै गरिरहने गुनासो केही हदसम्म सम्बोधन हुने कडरियाको विश्वास छ । कृषकले गरेको उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिने उनले बताए ।

पोखरा महानगरको लोगो सहितको प्याकेजिङ र ब्रान्डीङ गरी कृषिउपज विक्री गरिने उनको भनाई छ । कडरियाका अनुसार साना कृषकहरुसंग साझेदारी गरेर पोखराको चिप्लेढुङ्गा स्थित श्री कम्पलेक्समा कृषि उपज पु¥याउने व्यवस्था महानगरले गर्नेछ ।

किसानबजारमा स्थानीय उत्पादनहरु, पोखरेली जेठोबुढो, विभिन्न तरकारी, विभिन्न व्यवसायिक फर्महरुबाट उत्पादित उपभोग्य वस्तुहरु विक्रीका लागि राखिएका छन् ।
सोही अवसरमा फेवातालमा माछाका भुराहरु छोडीएको छ, विभिन्न प्रजातीका १५ हजार माछाका भुरा तालमा छाडिएको हो ।

 

Comments
Loading...