माछापुच्छ्रे गाउँपालिका जोड्ने निर्माणाधीन सडक ढलान गर्न माग

हिमाली आवाज । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) सहितको टोलीले मंगलबार गण्डकी प्रदेश सरकारबाट निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका केन्द्र जोड्ने सडकको निरीक्षण गरेको छ ।

पोखरा–२५ हेमजा मिलनचोक देखि मेलवोट हुदै गाउँपालिका जोड्ने सो सडकको टिकाउ गुणस्तरीयताका लागि स्थानीयवासीले मिलनचोकदेखी मर्दीपुलसम्मनै ढलान गर्न माग गरेका छन् ।

सडकको इष्टमेट तथा डिपीआरमा कालापत्रे उल्लेख भएपनि सडकको दिगोपना र कम्तिमा पाँच देखी सात वर्ष ढुक्क हुनका लागि ढलान गर्नुको विकल्प नभएको मिलनचोक मेलबोट सडक अनुगमन समितिका संयोजक अध्यक्ष माधवशरण पौडेलले माग गरे ।

पुरानो सडकलाई फराकिलो बनाई, ९ मिटर पु—याउदा दायाँ पट्टि भिक्तो काट्नुपर्ने तथा बायापट्टि खाल्टो उकास्न पर्ने भएकोले सडकलाई बलियो बनाउन उपभोक्ताको घर तथा जग्गाको संरक्षण समेत गर्नुपर्ने हुदा रिटेलिङवाल निर्माणको निमिक्त पुनः प्राविधिकलाई नाप जाँच गर्न उनले आग्रह गरे ।

गण्डकी प्रदेश सरकारको रु १० करोड बजेटबाट निर्माणाधीन सडकको सांसद बराल सहित माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी दवाडी, माछापुच्छ«े गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष पूर्णबहादुर शाही, पूर्वाधार विकास कार्यालय, कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरे, इन्जिीनियर गुरुदत्त अधिकारी लगायतले अवलोकन गर्दै सडक निर्माणको क्रममा कुनै समस्या भए हल गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

टोलीले लाहाचोकस्थितचोर खोल्सामा नयाँ ट्याकबाट सडक निर्माण गर्नुपर्ने, वानेटाकुरा क्षेत्रको पहरो र केही स्थानीयसंगको समन्वयमा सडक विस्तार गर्न सुझाव दिएको छ ।

सांसद बरालले सडक निर्माणको क्रममा कुनै बाधा अड्चन आइ परे तत्काल आफुहरुलाई खबर गर्न सम्बन्धित ठेकदार हिमदुङ थोकर जे.भि.का प्रतिनिधि, अनुगमन समिति तथा सहजीकरण समितिलाई आग्रह गरेका छन्।

प्रदेश सरकारले गरेको उक्त लगानी दिगो रुपमा संरक्षण हुने गरी सवैले राम्रो रेखदेख गर्न सांसद बरालले आग्रह गरेका छन्।माछापुच्छ«े गाउँपालिका क्षेत्रको सडकमा पर्ने घर तथा जग्गाको बिषयमा आफुहरुले उनीहरुसंग बसेर टुंगाउने माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले बताए ।

पालिकाले ११ मिटरको सडक बनाउने लक्ष्य राखेकोमा प्रदेश सरकारले ९ मिटरको मात्र सडक बनाउने भएको पूर्वाधार विकास कार्यालयका प्रमुख घिमिरेले बताए ।

पोखरा २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, मर्दीपुल माछापुच्छ«े गाउँपालिका बाटो निर्माण सहजीकरण समितिका अध्यक्ष टेकबहादुर श्रेष्ठले स्थानीयको सहमतीमा सकभर सडक विस्तारमा आफूहरु लागेको बताए ।

Comments
Loading...