हुलाक दिवसका अवसरमा पहिलो सेवाग्राहीलाई स्वागत

हिमाली आवाज । १३४ औँ विश्व हुलाक दिवस तथा ५१ औँ नेपाल हुलाक दिवसका अवसरमा हुलाक सेवा निर्देशनालय पोखराले पहिलो सेवाग्राहीलाई स्वागत गरेको छ ।

निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले मिलन दुलालाई कार्यालयमा स्वागत गरेका हुन् । सेवाग्राहीको रुपमा हुलाक टिकट खरिद गर्नका लागी ठिक १० बजे कार्यालय परिसरमा प्रवेश गरेका उनलाई सम्मान गरिएको प्रमुख पौडेलले बताए ।

त्यसैगरी कार्यालयले सोही अवसर पारेर कार्यलय सरसफाइ तथा वृक्षरोपण गरेको छ । कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाइ फूलवारीको रुपमा विकास गर्न धुपी लगायतका १०० वटा विरुवा रोपिएको बताए ।

Comments
Loading...