बढेको ५० प्रतिशत भाडा कटौती, अब पुरानै भाडादर कायम

काठमाडौँ,२८ असोज । सार्वजनिक यातायातका साधानमा सिट अनुसार यात्रु राख्न दिने भएपछि सरकारले कोरोनाका कारण बढाएको भाडा घटाएको छ ।

यसअघि बृद्धि गरेको ५० प्रतिशत भाडादर कटौती गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले लकडाउनपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो ।

सरकारले सिट क्षमता अनुसार यात्रु राख्न पाउने गरी सार्वजनिक यातायातको भाडा कटौती गरेको जनाएको छ । असोज १ बाट खुला गरिएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको भाडा ५० प्रतिशत वृद्धि गरी आधा सिटमा मात्र यात्रु राख्न पाउने व्यवस्था गरिएको थियो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबारको मन्त्रिपरिषद् बैठकले भाडा पूर्ववत् नै कायम गर्ने निर्णय भएको जानकारी दिए ।

Comments
Loading...