प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुर्नःगठन अर्थमन्त्रीमा पौडेल

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नःगठन गरी केही नयाँ मन्त्री थप गरेका छन् भने केहीको जिम्मेवारी परिर्वतन गरेका छन् । प्रधानमन्त्रीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त तथा दुई जनाको मन्त्रालय जम्मेवारी हेरफेर गरेका हुन् ।

रिक्त रहेका अर्थ मन्त्रालयमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल नियुक्त भएका छन । त्यसैगरी शहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरिएको छ ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । त्यसैगरी रक्षामन्त्री इश्वर पोखरेलेको मन्त्रालय परिर्वतन गरिएको छ ।

पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ भने यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल(प्रचण्ड)बीच लामो समय मन्त्रिपरिषद् पुर्नःगठनका बारेमा छलफल चलेपनि सहमति बन्न सकेको थिएन ।

Comments
Loading...