राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । थापाले ट्विट मार्फत आफूलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै अध्यक्ष थापाले केही दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।

Comments
Loading...