बुधबार सर्वाधिक पाँच हजार ७४३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७४३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा २० हजार ११८ पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो। नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ।

नेपालमा हालसम्म १ लाख ४४ हजार ८७२ जना व्यक्ति संक्रमित भएका छन् भने ९९ हजार ६०५ जना निको भई घर फर्किइसकेका छन्। पछिल्लो २४ घण्टामा २९९६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २६ जना संक्रमितहरुको निधन भएको छ। नेपालमा निधन हुने कोरोना संक्रमितहरुको संख्या ७९१ पुगेको छ।

Comments
Loading...