कपडा धुने क्रममा नहरमा डुबेर महिलाको मृृृत्यु

हिमाली आवाज । पोखरामा डुबेर एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२१ मट्टीखान घर भई हाल वडा नं १७ घारीपाटन बस्ने ४५ वर्षीया पार्र्वती विकको तितेपानी स्थित नहरकुलोमा कपडा धुने गएको अवस्थामा आज विहान पानीमा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

घटना लगत्तै सो स्थानमा प्रहरी टोली खटिई अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

Comments
Loading...