कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु

हिमाली आवाज ।कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ ।

Batas Ads

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हिराबहादुर डाँगी छन् ।

उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो ।

Comments
Loading...