इप्पान गण्डकीको संयोजकमा जगत पोखरेल

हिमाली आवाज । स्वतन्त्र उर्जा उत्पादकहरुको छाता संस्था९इप्पान० गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी उद्यमी तथा व्यवसायी जगतबहादुर पोखरेलले प्राप्त गर्नुभएको छ । इप्पानको बैठकले पोखरेललाई गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी तोकेको हो ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडबाट प्रवद्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन रहेको छ । पोखरेल भिजन लुम्बिनीको कार्यकारी अध्यक्ष हुनुहुन्छ ।

प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेपछि हिमाली आवाजसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जलविद्युतको हव गण्डकी प्रदेशमा उर्जाको विकासका लागि आफ्नो तर्फबाट योगदान दिने बताउनुभयो ।

“मलाई आज जुन जिम्मेवारी प्राप्त भएको छ यसबाट खुःशीको अनुभूति भएको छ, गण्डकी प्रदेश जलविद्युतको हब हो यसको व्यवस्थित विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकार लगायत सरोकारवाला सबै पक्षसँग मिलेर योजना बनाउँछौँ ।” उहाँले भन्नुभयो ।

Comments
Loading...