शुक्रबार नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ ।

महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिनुभएको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएको थियो ।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका अन्य पाँच वरिष्ठ नेताहरुले बैैठक माग गर्दै अध्यक्ष ओलीलाई लिखित अनुरोध गर्नुभएको थियो ।

Comments
Loading...