बढ्दो कोरोना सङ्क्रमण र कम बुझिएको एस्एमएस्

♦ शान्ताराम लामिछाने

विश्व स्वास्थ्य संगठनले कोभिड १९ को सङ्क्रमण न्युनिकरण गर्न तय गरेका स्वास्थ्य सुरक्षाका उपायहरु सामाजिक दूरी, मास्क, र सरसफाइलाई छोटकरीमा एसएमएस भन्ने गरिएको छ । तर आम नागरिकको बुझ्ने धैर्यता कम अनि सामाजिक सञ्जालका उडन्ते हल्लाहरुले गर्दा उत्पन्न अधुरो बुझाइले सङ्क्रमण नराम्रोसँग फैलँदो छ ।

वि.सं २०७२ ताका भुकम्प आउँदा घरबाहिर निस्कनु हुँदैन भन्ने अधुरो ज्ञानका कारण घरबाहिर भएका मानिस भुकम्प आएपछि घरभित्र आएर मृत्युवरण गर्नुपरेको वा घाइते भएका घटना सुन्ने गरिन्थ्यो । घरबाट बाहिर ननिस्कने भनेको त छिटो निस्कने सम्भावना नभएको अवस्थामा मात्र हो नि । टेबल, खाट,ढोकाको फ्रेम, बिममुनि बस्न भनिएको घरभित्रको अन्य क्षेत्रभन्दा ती क्षेत्र सुरक्षित भएकोले हो । घरबाहिर खुला ठाउँमा भएको मानिस भित्र आउन आवश्यक थिएन ।

 स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भौतिक उपस्थितिमा सिकाइ सहजीकरण गर्न बोलाइएका मेरा विद्यार्थीहरु चिउँडोमा मास्क राखेर गफमा मस्त भइरहेका अवस्थामा मेरा विद्यार्थीलाई देखेर सम्झाउँदा उनीहरुको जवाफ थियो“सर हातमा सेनिटाइजर लगाएका छौँ ।” मैले भनेँ“अनि तिम्रो हातमा लगाइएको सेनिटाइजरले एउटाको मुखबाट अर्कोको मुखतिर गइरहेको थुकको छिटालाई त रोकेको छैन होला नि ? अनि थुकको छिटा कोरोना सङ्क्रमणको प्रमुख कारक हो भन्ने त थाह छ नि ?” यति भनेपछि बल्ल उनीहरु सतर्क भए ।

यस्तै अधुरा बुझाइ, अधुरा विज्ञापनले समाजमा भ्रम सिर्जना गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भौतिक उपस्थितिमा सिकाइ सहजीकरण गर्न बोलाइएका मेरा विद्यार्थीहरु चिउँडोमा मास्क राखेर गफमा मस्त भइरहेका अवस्थामा मेरा विद्यार्थीलाई देखेर सम्झाउँदा उनीहरुको जवाफ थियो“सर हातमा सेनिटाइजर लगाएका छौँ ।” मैले भनेँ“अनि तिम्रो हातमा लगाइएको सेनिटाइजरले एउटाको मुखबाट अर्कोको मुखतिर गइरहेको थुकको छिटालाई त रोकेको छैन होला नि ? अनि थुकको छिटा कोरोना सङ्क्रमणको प्रमुख कारक हो भन्ने त थाह छ नि ?” यति भनेपछि बल्ल उनीहरु सतर्क भए ।

मेरो गाउँको एउटा सोझो भाइलाई“एउटा रोग आएको थाहा छ नि ?” भनेर सोध्दा उसको उत्तर थियो “ थाहा छ अर्को लाई छोयो भने मरिन्छ ।” तर यस्तो उत्तर त्यो सोझो भाइको मात्र होइन मैले बुझेको छु भनेर भन्ने घमण्ड गर्ने अधिकांशको हो । नत्र कुहिनाले कुहिना , ढाडले ढाड, खुट्टाले खुट्टा छुँदा डराउने मानिसहरु चिउँडोमा मास्क राखेर घण्टौँ गफिँदा किन डराउँदैन ? छुँदा मात्र होइन बिना मास्क छोटो दुरीमा रहेर गफ गर्दा सङ्क्रमणको सर्वाधिक खतरा हुन्छ भन्ने त्यस्ता भाइहरुलाई पनि बुझाऔँ र आफुपनि बुझौँ । अधिकांश त डराउँदैनन् । ती मुर्खहरुलाई त के भन्न सकिन्छ र ? यो लेख सङ्क्रमणसँग डराउने तर एस्.एम्.एस् कम बुझेकाहरुमा समर्पित छ ।

मेरो एकजना साथी हुनुहुन्छ । उहाँको श्रीमती काम गर्ने कार्यालयमा सङ्क्रमणका केसहरु देखिएपछि मैले उहाँलाई सोधेँ “सर घरमा कस्तो सावधानी अपनाउनु भएको छ ?” उहाँको जवाफ थियो “ सर दैनिक रुपमा म्याडम घरमा आएर कपडा फेर्नुहुन्छ, नुहाउनुहुन्छ अनि मात्र भित्र पस्नुहुन्छ । म त ढुक्क छु । मैले भनेँ“सर कपडा र शरीरको बाहिरी भागबाट हुनसक्ने सम्भावित सङ्क्रमणबाट त बचियो तर सङ्क्रमणको मुख्य केन्द्र मुखबाट त सङ्क्रमणको सम्भावना यथावत रह्यो नि ” “ए सर मैले त त्यता सोचेकै थिइन नि ।”

केही साथीहरु भन्नुहुन्छ “ चैतमा लकडाउन भएदेखि नै मैले घरबाहिर खाएकै छैन” तर दैनिक मद्यपानको लागि मधुशाला जाने साथीसँग बिना मास्क, बिना दुरी गफिरहँदा कति पनि डराउनुहुन्न । मेरो पहिलेदेखि कसैसँग बोल्दा उसको मुखतिर नहेर्ने एउटा बानी छ । यसो गर्दा मेरो आफन्तहरु मलाइ प्रभावकारी सञ्चार भएन अनि अरुको मान भएन भनेर मलाई गाली गर्नुहुन्थ्यो । आजका दिनमा पनि कोही रिसाउनुहुन्छ “मसित कोरोना छ भनेर डराउनुभएको” तर मलाई लाग्छ यदी सञ्चारमा बाधा पर्दैन भने त त्यस्तै बानी राम्रो रहेछ ।

मेरो एकजना साथी हुनुहुन्छ । उहाँ प्रायः मास्क लगाउनहुन्न । तर कोरोनासँग नडराएकोले होइन । “किन मास्क नलगाउने भनेर सोध्दा उहाँको जवाफ आउँछ लगाउन नजानी मास्क लगाउँदा झन खतरा हुन्छ रे ।” तर मास्क नलगाउँदा भन्दा लगाउँदाखेरि केही न केहि प्रत्यक्ष थुकका छिटाबाट जोगिन्छ होलानि ? भाइरल लोड र भाइरल डोजको विज्ञ त म होइन तर थोरै भाइरस भन्दा धेरै भाइरस शरीरमा प्रवेश गर्दा सङ्क्रमणको सम्भावना अझ बढ्छ होला । फिल्टरको क्याण्डलले किटाणुलाई छान्न त सक्दैन तर पानी फिल्टर गर्दा त्यसमा रहेका ठोस कण हट्ने र किटाणुको कम कात्रा मात्र शरीरमा प्रवेश गर्छ भन्ने लाग्छ र मास्कको काम पनि त्यस्तै हो भन्ने लाग्छ ।

पोखरामा तीजमा ठिकै भए जस्तो लाग्थ्यो कुनै चेलिबेटीले मेयरलाई गाली गरेको मैले थाहा पाइन । तर यो दशैँले पोखरा जस्ता शहरहरुले नराम्रो उपहार प्राप्त गरे। तिहारका कारण गाउँहरुले त्यसभन्दा नराम्रो उपहार प्राप्त नगरुन । अत्यावश्यक खाद्यान्न, तरकारी, औषधी आदिका पसल बाहेक अरु पसल खोल्दा सबै भन्दा खतरामा पर्नेत व्यवसायी नै हो ।

खोल्नै परेपनि बार्गेनिङका क्रममा लामो समय खर्च नगरौँ । व्यवसायीले पनि बढी नाफाको लोभ नगरौँ । ग्राहकलाई पनि सामान आवश्यक नै हो भने धेरै बचबच नगरौँ । ग्राहक वा व्यवसायीसँग लामो समयसम्म मुखामुख गरेपछि सेनिटाइजर लगाएर कहाँ बच्न सकिन्छ र ? भिटामिन डि का लागि पनि मांसाहारीहरुले माछामासु र खानैपर्ने होला तर सरकारी विज्ञापनमा आउने माछामासु राम्रोसँग पकाएर खाउँ भन्ने विज्ञापनले मात्र पुग्देन ।

धेरै सतर्कता त किन्नेबेलादेखि लिएर पकाउने बेलासम्म आवश्यक पर्छ । यो सङ्कटको बेलामा “त्यो भाइले राम्रो मासु दिन्छ वा किलोमा २० रुपियाँ सस्तो दिन्छ भनेर भिडभाडयुक्त पसल नखोजौँ । पैसा देख्दा मात्र डराउने अरु सामान निसङकोच हातमा लिएर नहिडौँ । सामान ल्याएपछि अनिवार्य हात धुन नबिर्सौँ ।

मेरो गाउँको एउटा सोझो भाइलाई“एउटा रोग आएको थाहा छ नि ?” भनेर सोध्दा उसको उत्तर थियो “ थाहा छ अर्कोलाई छोयो भने मरिन्छ ।” तर यस्तो उत्तर त्यो सोझो भाइको मात्र होइन मैले बुझेको छु भनेर भन्ने घमण्ड गर्ने अधिकांशको हो । नत्र कुहिनाले कुहिना , ढाडले ढाड, खुट्टाले खुट्टा छुँदा डराउने मानिसहरु चिउँडोमा मास्क राखेर घण्टौँ गफिँदा किन डराउँदैन ? छुँदा मात्र होइन बिना मास्क छोटो दुरीमा रहेर गफ गर्दा सङ्क्रमणको सर्वाधिक खतरा हुन्छ भन्ने त्यस्ता भाइहरुलाई पनि बुझाऔँ र आफुपनि बुझौँ । अधिकांश त डराउँदैनन् । ती मुर्खहरुलाई त के भन्न सकिन्छ र ? यो लेख सङ्क्रमणसँग डराउने तर एस्.एम्.एस् कम बुझेकाहरुमा समर्पित छ ।

मेरा निजी तर्कमा आधारित यो कच्चा लेख देश विदेशका धुरन्धर जनस्वास्थ्य विज्ञहरुसम्म त नपुग्ला । तर जे जति प्राविधिक ज्ञान भएका स्वास्थ्य कार्यकर्ताहरुकोमा पुग्छ । आफ्नो विज्ञता सहितको सुझावबाट यसलाई परिष्कृत बनाइदिनु हनेछ भन्ने अपेक्षा गर्दछु । मेरो लेखको उद्देश्य वर्तमान सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको एउटा उपायमात्र अवलम्बन गरेर हुँदैन । सबैमा ध्यान दिनुपर्छ भन्ने हो । त्यसमा पनि सामाजिक दूरी सर्वाधिक महत्वपूर्ण छ भन्ने हो ।

Comments
Loading...