तीन महिना अगावै सुरु भयो २७ औं पोखरा सडक महोत्सवको तयारी

हिमाली आवाज । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आसन्न सडक महोत्सवको तयारी सुरु गरेको छ । हालै वसेको कार्यसमिति सदस्यको वैठकवाट आगामी पुस १३ गते देखि १७ गते सम्म आयोजना हुन गइरहेको २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई संयोजक चयन गरेको हो ।यसैगरी महोत्सवको सह संयोजकमा कार्यसमिति सदस्य सुनिल वहादुर भट्टराई र सुमन भट्टराईलाई मनोनित गरिएको छ ।

महोत्सवको स्टेरिङ कमिटीको अध्यक्षमा विश्व राज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव  विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशन जंग कार्की  रहनुभएकाे छ ।

रेवानले विगत २६ वर्ष देखी पर्यटकिय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गरिदै आइएको छ ।

“सडक मै खाउ, सडक मै रमाउँ” भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ । परिवर्तित समय सँगै महोत्सवलाई अलि पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु संकलन गरिने रेवानले जनाएको छ ।

कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन होस, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै बताइन्छ ।

Comments
Loading...