पोखरामा मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १०० जनालाई उपहार

हिमाली आवाज । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका प्रतिष्ठानबाट मोबाइल र इलेक्ट्रोनिक्स सामान किन्ने १ सय जनाले विभिन्न उपहार जितेका छन् । अनुज थापा (कुपन नम्बर १७२३४)ले ३२ इन्चको स्मार्ट टिभी जितेका छन् ।

संघमा आवद्ध प्रतिष्ठानहरुबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामान किन्नेहरुले उपहार पाएका हुन् । प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ अन्तर्गत शनिबार दोस्रो चरणको उपहार जित्नेहरु चयन गरिएका हुन् । चार स्मार्ट फोन विजेतमा कुपन नम्बर ४७७०, ३८०३६, ६८४५ र ११३४२ छन् ।

उपहार योजनाअन्तर्गत २५ जनाले किप्याड फोन उपहार पाएका छन् । यसरी उपहार पाउनेमा कुपन नम्बर ३०७३, ३९६३७, ४२१७७, २६३०४, ४१७४७, ९०२६, ३०४७८, २५५८२, १०४७९, २४१७३, ३९१४५, २७३५२, ४०२४१, १४१५८, २३२४२, २१३९८ र कुपन नम्बर १९८०३ छन् । यस्तै, कुपन नम्बर २१३०४, ४७२८३, ३१०९०, ४५७३२, १५५१२, ४२५४७, ५६६९ र १५६४९ ले पनि किप्याड फोन जितेका छन् ।

यस्तै, २५ जनालाई इयरबड, ६ जनालाई स्मार्ट वाच, चार जनालाई ब्लुटुथ स्पिकर, छ जनालाई पावर बैंक, दुई जनालाई राइस कुकर, दुई जनालाई इलेक्ट्रिक जग र २५ जनालाई भित्तेघडी उपहार परेको छ ।

यसअघि पहिलो चरणमा कमल अधिकारी र अमिन दाहालले च्यांग्रा जितेका थिए भने अरुन राईले ३२ इन्चको स्मार्ट टिभी पाएका थिए । संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

व्यवसायी र ग्राहकको हितलाई ध्यानमा राखी साउन १५ गतेदेखि आउँदो पुस १५ गतेसम्म ५ महिनाका लागि चाडपर्व लक्षित उपहार योजना ल्याइएको हो । योजनाका मुल आयोजक समितिका संयोजक तथा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष खरेलले इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनिएको जानकारी दिनुभयो ।

खरेलले भन्नुभयो,“अझै दुई चरणमा थप उपहार विजेताहरु छानिने छन् । यो योजनामा व्यवसायी र उपभोक्ता दुवैको उत्साहपूर्ण सहभागिताले हामीलाई हौसला थपेको छ ।”

योजना अन्तर्गत ५ सय ६ जना भाग्यशाली विजेताले उपहार प्राप्त गर्ने छन् । भाग्यशाली विजेतामध्ये एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर, २ जनालाई च्यांग्रा, २ जनालाई फ्ल्याकसिप मोबाइल फोन, २० जनालाई स्मार्ट फोन, ५ जनालाई ३२ इन्चको टिभी, १० जनालाई राइसकुकर दिइनेछ ।

 

१० जनालाई इलेक्ट्रिक जग, १ सय २५ जनालाई किप्याड फोन, १ सय २५ जनालाई इयरबड, २० जनालाई स्पीकर, ३० जनालाई पावर बैंक, ३० जनालाई स्मार्ट घडी, १ सय २५ जनालाई भित्ते घडी प्रदान गरिनेछ ।

संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका सल्लाहकार नारायण सुवेदीले यो मेलालाई सिग्नेचर कार्यक्रमका रुपमा निरन्तरता दिइनुपर्ने बताउनुभयो ।

Comments
Loading...