जनस्वास्थ्यका मापदण्ड पालना गरेर चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको आग्रह

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा तथा दिदीबहिनीहरुमा सुःख,शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले एक शुभकामना सन्देश जारी गर्दै तिहार पर्वले दाजुभाई तथा दिदीवहिनीकाबीचको आपसी प्रेम र स्नेहलाई थप प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

“तिहार पर्वले आपसी मेलमिलाप,भ्रातृत्व,सामाजिक सद्भाव र सहिष्णुता,अझ सुदृढ बन्ने र समाजमा शान्ति तथा स्थायीत्वका साथ मुलुकमा सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको छु ।” सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री गुरुङले कोभिड–१९ का सन्दर्भमा सरकारले जारी गरेको चाडपर्व,जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन उहाँले सबैमा विशेष आग्रह समेत गर्नुभएको छ।

विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण यसपालिको तिहारमा परिवारका सदस्यसँग बाहेक अन्यसँग भेटघाट कम गर्ने तथा भेटघाट गर्नैपर्ने भए भौतिक दूरी कायम गर्न र स्वास्थ्य सजगता अपनाउन मुख्यमन्त्रीको आग्रह छ ।

Comments
Loading...