समाजको असल अभिभावकका रुपमा नेता केसीको स्मरण

पोखरा, २९ कात्तिक । नेपाली काँग्रेस कास्कीले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिमा शनिवार श्रद्वाञ्जली सभा गरेको छ ।

पोखरा ७ मुस्ताङचोक स्थित केसी निवासमा आयोजित श्रद्वाञ्जली सभामा पार्टीका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको सहभागिता रहेको थियो ।
श्रद्वाञ्जली सभामा बोल्ने वत्ताहरुले स्वर्गीय केसीलाई समाजको असल अभिभावकका रुपमा स्मरण गर्दै उहाँको सदैव अभाव रहिरहने बताएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेता केसीको समाज सेवा प्रतिको समर्पण प्रशंसनीय भएको बताउँदै नेता केसीले समाजका हरेक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै विरासतलाई सफलताका साथ परिवारले अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सहमहामन्त्री महतले सरकारले मुलुकलाई क्षयिकरणको दिशामा अघि बढाएको बताउँदै सरकारले अराजकता, जनताप्रति वेइमानी र कुशासनलाई बढाइ रहेको आरोप लगाउनुभयो ।

नेता शुक्रराज शर्माले नेता केसीले जीवनको विरासतलाई प्रजातन्त्रमा समर्पित गरेको र केसीको नाममा प्रतिष्ठान स्थापना गरी समाज सेवाको अभियान अघि बढाउन सुझाव दिनुभयो ।

आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता यज्ञबहादुर थापा र सोभियतबहादुर अधिकारीले समाज,पार्टी र परिवारलाई केसीको अभाव सदैव रहने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला, नेतृ शारदा पौडेल, क्षत्री समाजका उपाध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस पोखरा ७ का सभापति नवीन बराल र नेता बोधराज कार्कीले स्व.केसीको योेगदानको चर्चा गर्नुभयो ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाट सञ्चालन गर्नुभएको थियो  । राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र संचारलगायतका क्षेत्रमा योगदान पु¥याएका नेता केसीको ६३ वर्षको उमेरमा कात्तिक १७ गते निधन भएको थियो ।

Comments
Loading...