गण्डकीका सांसद गुरुङकी श्रीमती ‘चोरी मुद्दा’मा पक्राउ

काठमाडौं । डाँका चोरी मुद्धामा प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ(दीपक मनाङ्गे)का श्रीमतीलाई पक्राउ गरेको छ ।

मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरेर पोखरा पठाइएको मकवानपुरका एसपी सुशीलसिंह राठौरले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो ।दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...