हिमाली आवाज । कास्की प्रहरीले लागूऔषध गाँजा सहित पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–३१ किमबेशी बस्ने २६ वर्षीय जीवन भुजेल, रुपा गाउँपालिका–७ स्याक्लुङ बस्ने २६ वर्षीय रविन गुरुङ र पोखरा–३१ लामागाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतको इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी बुधबार साँझ पोखरा–३१ नहरचोकबाट झोला भित्र लुकाई छिपाई राखेको लागूऔषध गाँजा एक किलो १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।