कोपिला बचत तथा ऋण सहकारीको अध्यक्षमा पोखरेल

हिमाली आवाज । कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–४ सिद्धार्थचोकको १३ औँ साधारणसभा तथा पाचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले ठाकुर प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा सञ्जय पौडेल र कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी सदस्यहरुमा घननाथ सापकोटा, उपेन्द्रराज पोखरेल, निर्मला अधिकारी लामिछाने, ठाकुर आर्चाय र धनेश्वर अधिकारी हुनुहुन्छ ।
लेखा समितिको संयोजकमा केशवराज अधिकारी र सदस्यहरुमा किशोर अधिकारी र भरत आचार्य निर्वाचित हुनुभयो ।

निर्वाचन मण्डलमा संस्थाका पूर्व अध्यक्ष श्याम प्रसाद पौडेल र शेयर सदस्य सूर्य लम्साल सदस्यका रहनुभएको थियो । निर्वाचन मण्डलले सहमतिका साथ तयार पारेको नाम निर्वाचन मण्डलका सदस्य श्याम प्रसाद पौडेलले घोषणा गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष सूर्यबहादुर जि सी अध्यक्षता र सहकारी डिभिजनका अधिकृत बलराम शर्माको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।

कोभिड १९ का कारण मंसिर ६ गते बाट मंसिर १३ सम्म १३ औं साधारण सभा तथा ५ औं अधिवेशन गर्ने निर्णय गरिएको थियो । मंसिर ६,७ र ८ गते स्वयम् शेयर सदस्यहरु उपस्थिति भई बार्षिक प्रतिवेदन बुझि मंसिर १० गते भित्र सल्लाह तथा सुझाव पेश गरेका थिए ।

पहिलो सत्रमा जगत प्रसाद शर्माले लेखा समिति तथा विष्णु प्रसाद अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका संचालक समितिका उपाध्यक्ष ठाकुर प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थिया भने कार्यक्रम संचालन संस्थाका सचिव कृष्णकुमार श्रेष्ठले गर्नुभयो ।

Comments
Loading...