लैङ्गिक हिंसा न्यूनीकरणमा हाम्रो भूमिका

छोरा छोरी बराबरी सुन्यौ कति कति!
व्यवहारमा परिवर्तन भयो कति जति!!
एकै रथका दुईटा पाङग्रा महिला पुरुष अरे!
त्यो रथ कहाँ गुड्छ होला एउटा पाङ्ग्रा झरे!!
हामी सानै छदाँ आमाले श्रीस्वस्थानीको व्रत लिनुहुन्थ्यो।साँझ कति बेला होला र भाखा मिलाई मिलाई स्वस्थानीको पाठ पढुँला भनेर मन त्यसै त्यसै फुरुङ्ग हुन्थ्यो।अगाडी पछाडीका श्लोकहरु कण्ठस्थ पारेको थिए, अझै पनि छ।पढ्दै जाँदा बिच बिचका पात्रहरुको जब श्रीस्वस्थानीको प्रसाद खाने समय आउथ्यो जसमा सय रोटी,अक्षता,पान, कुड्का, सुपारी आदि आफूले फलाहार गरेर रातभरी जाग्राम बस्ने आठ रोटी,अक्षता,पुष्प,पान,कुड्का, सुपारी पति भए पतिलाई, पति नभए छोरालाई, छोरा नभए मित छोरालाई दिने र मित छोरा पनि नभए मेरो फलानो काम सिद्ध होस भनेर गङ्गामा लगेर बगाईदिने भन्ने लेखिएको थियो ।

कैंयन धार्मिक कार्यहरु गरेर छोरा जन्मेको भन्ने सुनेका छौ, देखेका छौ तर छोरीको जन्माउनको लागि न कुनै पुराण न कुनै पूजा।छोरा वरदान छोरी अभिसाप, अनि कताबाट आउछ समानता? भनिन्छ, संसारमा प्रसव पीडा र जिउदैं जल्नु उस्तै हो रे त्यसै सम्मानित र सुसज्जित छैन यो आमा भन्ने शब्द।के छोरा र छोरी जन्मदाको प्रसव पीडा फरक छ र? के उनीहरुको पालन पोषणका लागि पनि फरक फरक विधि अपनाउनु पर्दछ र? प्राकृतिक कुरामा कुनै विभेद छैन, फरक छ मात्र लिङ्गको।त्यसैलै लैङ्गिक विभेद मानव निर्मित भेदभाव तथा दुर्व्यवहार हो । जसलाई बदल्नका लागि सबैभन्दा पहिला आफ्नो सोच बदन्नु पर्दछ अनि क्रमशः आफूलाई अनि परिवार हुदै सिङ्गो मुलुकलाई। के समानता हामीलाई नचाहिएको हो र? के लैङ्गिक विभेद रहितको समाजको हामीले परिकल्पना नगरेका हौला र? भन्ने प्रश्न आज हाम्रो अगाडी तेर्सिएको छ।

जुन पढ्दा पढ्दै अधि फुरुङ्ग भएको मन अमिलो भएर आउथ्यो।बरु, गङ्गामा लगेर बगाईदिन हुने तर छोरीलाई दिन नहुने कस्तो प्रसाद हो नि आमा भनेर प्रश्न गरिरहँदा मेरी आमाको आँखामा यो पितृसत्ता बोकेको समाजप्रति कैंयन प्रतिप्रश्न तेर्सिएझै लाग्दथ्यो तर मसँग जवाफ थिएन त्यतिबेला।अहिले भएको भए यो एउटा लैङ्गिक विभेद हो आमा जुन भगवानले होईन मानिसले स्थापित गरेको मान्यता हो।दोष श्रीस्वस्थानीको होईन श्रीस्वस्थानी लेख्नेको हो जुन पूनर्लेखन गर्न सकिन्छ तर धर्म मर्दैन।किताबले विभेद गर्न सक्छ, आस्थाले सधै सम्पुर्ण मानव जातीलाई सम्मानित तुल्याउदछ भनेर आमालाई कति सम्झाउने थिए होला।तर, त्यतिबेला मैलै मात्र यति गर्न सके त्यसदिनदेखि मैलै त्यो हरफ सच्चाएर पढ्न थाले पति भए पतिलाई दिनु, पति नभए छोराछोरीलाई दिनु…………….।सुनेर आमा मिठो हासो हास्नु भयो र हामी आमाछोरी होईन साथी बन्यौँ।

हाम्रो घरमा छोरी मात्र थियौं।हामी दिदी बहिनीनै एक अर्काका साथी थियौं अझैपनि छौँ । एक अर्काका समस्याहरु दिदीबहिनीमाझ नै राख्दछौ।एकैसाथ समस्याको समाधान खोज्दछौ।एक अर्काको शक्ति र हतियार बनेका छौ।हामीले लैङ्गिक विभेद श्रीस्वस्थानीमा पढ्यौ, किताबमा पढ्यौ, समाजमा देख्यौ र भोग्यौ पनि तर, परिवारमा कहिल्यै पनि महशुस गरेनौ किनकी हाम्री आमा त्यस्तो साहसी महिला हुनुहुन्थ्यो जसले छोरीलाई पढाएर के हुन्छ भन्ने समाजलाई चोटिलो जवाफ दिनुभएको थियो। अझैपनि त्यो तागत मेरी आमामा ज्यूदैं छ।आफू नपढेर कति कुरामा पछि पर्न परेको कुरा सुनाउनु हनुन्थ्यो।मेरा छोरीहरु सबैलाई पढाउछु ठुलो मान्छे बनाउछु भन्नुहून्थ्यो,

ठुलो मान्छे त बन्यौ कि बनेनौ तर बुबाआमा आज खुशी हुनुहुन्छ हामीप्रति।बुबा हाम्रा लागि एक मात्र पुरुष हुनुहुन्थ्यो जस्ले हामीलाई सधै हिम्मत र हौसला प्रदान गर्दै सधै हाम्रो सफलतामा मात्र रमाउनु भयो र बुबाको हामीप्रतिको त्यो अगाढ लगाव, माया, ममता अझैपनि ज्यूका त्यू छ र त हामीलाई उर्जा मिलिरहेको छ।बुबा आमाले आजसम्म हामीसँग चर्कोसँग कुरा गरेको पनि हामीलाई अनुभव छैन।हाम्रो हुर्काईमा बुबा आमाको छुट्टाछुट्टै अदृश्य शक्तिको सम्मिलन छ।वहाँहरुलाई आपत्ति थिएन छोरीहरु मात्र भएकोमा तर, समाजलाई किन त्यस्तो छटपटी थियो बुझ्न सकेको थिईन।अहिले लाग्छ एउटा परम्परागत मान्यतामा त्यो समाज जकडिएको थियो।

गाउँमा विद्यालय बनाउने, बाटो बनाउने, धारो बनाउने,मन्दिर बनाउने जस्ता विभिन्न खालका सामाजिक कार्य हुने गर्दथे । जसको लागि बिदाको दिन पारेर झारा जानु पर्दथ्यो अथवा भनौ झारा प्रथा थियो।जहाँ मेरो छिमेकबाट म भन्दा सानो भाई जान्थे।हामी भने दुई दिदीबहिनी जान्थ्यौं।दुई जना महिला बराबर एक जना पुरुष अनौठो गणितको योगफल थियो त्यो।समान कामको लागि असमान ज्यालाले उत्पन्न गरेको अवस्था थियो तर, त्यो बुझ्न सकिएन, आवाज उठाउन सकिएन उठाएपनि त्यो आवाज घरभित्र मात्र सिमित हुन्थ्यो किनकी बाटो हिड्न नपाईएला,पानी खान नपाईएला अझ विद्यालय जान नपाईएला भन्ने उल्टो चिन्ता।मात्र मनले यहि कल्पिरह्यो मेरो बाबा पनि आज यही स्वदेशमा भैदिएको भए……।

अर्को प्रसङ्ग स्कुल जीवनको, हामीले ब्याकरणमा पढ्नु पर्दथ्यो काल, राम विद्यालय जान्छ त्यो कुन काल हो? सीताले भात पकाईन यसलाई भविष्यकालमा बदल।खै, त्यतिबेला काल त कति साथीहरुले सिक्नुभयो तर विद्यालय जाने काम रामको हो अथवा राम पुरुष हो वा पुरुष विद्यालय जान्छ। सीता काम भात पकाउने हो सीता महिला हुन वा महिलाले भात पकाउछिन।मेरो मानसिकताले वस यही सिकेको थियो।र प्रश्न उठाए सर रामले किन भात पकाउदैन? जवाफ सरको कहाँ केटा मान्छे ले नि भात पकाउछन र! अनि मैले भने मेरो बुबाले त छुट्टीमा आउँदा पकाउनुहुन्छ।कक्षाकोठा नमिठो हासोले भरियो…….।अहिले भएको भए भन्दिनेथिए प्लस टु पढ्न छोरा शहर गयो भने खान पकाउन लुगा धोईदिन दिदी बहिनी वा आमालाई खटाईदिएर पुरुषले महिलालाई आर्थिक रुपले परनिर्भर बनाईदिए झै हामीले पनि त पुरुषलाई घरको काम गर्न नसिकाएर वा नदिएर महिलामाथिनै परनिर्भर बनाईदिएर पुरुष हिंसा गरिरहेका त छौ नि ।

समय वित्दै जादाँ विवाहको कुरा चल्यो।सानै छदाँ देखि समाजमा देखेको लैङ्गिक विभेदका कारण उमेर नपुग्दै अलिक पाको बनायो।विवाह गरेपछी आमालाई झनै कामको बोझ थपिनेछ बहिनीहरुको स्याहार सुसार कस्ले गर्दछ आदि,आदि चिन्ताको विषय बन्थ्यो, बुबा बाहेक अर्को कुनै पुरुषले जीवनमा महत्व राखेन।तर, सृष्टिको नियम विवाह प्राकृतिक हो, विवाह पश्चात पनि त आफ्नो जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने बुबा आमाको सल्लाह बमोजिम कुरा अगाडी बढ्यो।

केटा केटी मन पर्यो, पढाई चित्त बुझ्यो तर घरमा दाजुभाई नभएको कारण विवाह हुने कुरामा दुविधा देखियो।त्यतिबेला मन दुखेन,मन झनै बलियो भएर आयो।त्यो परिवारले भन्दा पहिला हामी आफैले सम्बन्धमा पुर्णविराम लगायौं।सोचे, विश्व कहाँ बाट कहाँ पुगीसक्यो तर हामी भने एउटा वर्गको वर्चस्व कायम राख्नको लागि यस्तो लडाई लडिरहेका छौं।अझ स्पष्ट भन्दा भोलि ससुराली छोटो र साधुँरो हुन्छ कि भन्ने पिरले त्यत्रो प्रपञ्च रचिरहेका छौ।यहाँनेर त मैलै सोचे भन्दा पनि बढि जेन्डर भायोलेन्स भयो।वास्तवमा यो यथार्थता आज पनि समाजमा जीवितै छ।यो यस्तो प्रकारको हिंसा हो जसले समाजलाई कदापी सुमार्गतर्फ डोर्याउदैन।लैङ्गिक हिंसा समृद्धि र विकासको बाधक तत्व हो जसले समाजमा कहिल्यै पनि समविकासको मान्यतालाई स्थापित गराउन सक्दैन।

एकातिर, हाम्रो समाजमा अझैपनि छोरो मान्छे भएर रुनु हुदैन, छोरी मान्छे भएर हास्नु हुदैन।छोरो मान्छेले मन दह«ो गर्नुपर्दछ, छोरी मान्छेले कमलो।छोरो मान्छेको काधँमा परिवारको जिम्मेवारी हुनुपर्दछ, परिवारका सम्पूर्ण आवश्यकताहरु पुरा गर्नुपर्ने हैसियत राख्नुपर्दछ भन्ने मान्यताले गर्दा नजानिदोँ रुपमा पुरुषहरु पनि हिंसामा परिराखेको अवस्था छ भने अर्कोतिर हाम्रो सोचमा पनि असमानता छ छोरी पाल्ने ज्वाई खोज्छौ हामी छोरो पाल्ने बुहारी होईन।

कैंयन धार्मिक कार्यहरु गरेर छोरा जन्मेको भन्ने सुनेका छौ, देखेका छौ तर छोरीको जन्माउनको लागि न कुनै पुराण न कुनै पूजा।छोरा वरदान छोरी अभिसाप, अनि कताबाट आउछ समानता? भनिन्छ, संसारमा प्रसव पीडा र जिउदैं जल्नु उस्तै हो रे त्यसै सम्मानित र सुसज्जित छैन यो आमा भन्ने शब्द।के छोरा र छोरी जन्मदाको प्रसव पीडा फरक छ र? के उनीहरुको पालन पोषणका लागि पनि फरक फरक विधि अपनाउनु पर्दछ र? प्राकृतिक कुरामा कुनै विभेद छैन, फरक छ मात्र लिङ्गको।त्यसैलै लैङ्गिक विभेद मानव निर्मित भेदभाव तथा दुर्व्यवहार हो । जसलाई बदल्नका लागि सबैभन्दा पहिला आफ्नो सोच बदन्नु पर्दछ अनि क्रमशः आफूलाई अनि परिवार हुदै सिङ्गो मुलुकलाई। के समानता हामीलाई नचाहिएको हो र? के लैङ्गिक विभेद रहितको समाजको हामीले परिकल्पना नगरेका हौला र? भन्ने प्रश्न आज हाम्रो अगाडी तेर्सिएको छ।

छोरी विदेश पढ्न वा कामका लागि जान दिन अझैपनि हामी हिचकिचाउछौ। दिए पनि एउटाको जिम्मा लगाउन पाए ढुक्क हुन्छन बुबा आमाहरु। तर, छोराको विदेश को भिजा लागेको दिनदेखि उसको मुल्य निर्धारण हुन्छ। छोरी एकछिन कतैबाट नआएसम्म मनमा नानाथरी पीर उब्जेको हुन्छ।छोरी एकक्षण हराउँदा मेरो छोरीलाई कसैले ललाई फकाई लग्यो कि बलात्कार पो गर्यो कि भनेर चिन्नित हामीले छोरा रातौरात हराउँदा मेरो छोराले पो कसैलाई ललाई फकाई लग्यो कि कतै बलात्कारी पो भयो कि भनेर हामी किन चिन्तित हुदैनौ??हो, यहाँनेर छ फरक सोच किनकि, समाजले नै एउटा लक्ष्मण रेखाको निर्धारण गरेको छ जसलाई महिला पुरुष दुवैले पार गर्दा त्यसको गलत परिणाम महिलाले भोग्नुपर्दछ।

सामान्यतया लिंगको आधारमा गरिने भेदभाव यातना तथा दुर्व्यवहारलाई लैङ्गिक हिंसा भनिन्छ। तर, समाज देश र परिवेश अनुरुप जुन मुलुकमा जुन बर्गलाई भेदभाव तथा दुर्व्यवहार गरिन्छ त्यही वर्गलाई नै लैङ्गिक हिंसाको पीडित पक्ष मानिएको हुन्छ।हाम्रो मुलुकमा तुलनात्मक रुपमा महिलालाई बढि हिंसा हुने देखिने हुँदा लैङ्गिक हिंसाको रुपमा महिला हिंसालाई लिने गरिन्छ।लैङ्गिक हिंसाको स्वरुपहरु आज विश्वव्यापीकरणले निम्त्याएका अवसर र चुनौतीहरुसँगै परिष्कृत र परिमार्जित हुदैछन्।

हिजो छोरा छोरीलाई समान अवसर दिईनुपर्दछ समान व्यवहार गर्नुपर्दछ भन्ने मात्र लैङ्गिक मुद्दाको विषय थियो भने आज हिजो दिईएको समान अवसरलाई कायम राख्नको लागि घरायसी लगायत अन्य कामको समेत बाडँफाँड हुनुपर्दछ भन्ने छ।भन्दा सामान्य लाग्न सक्छ तर हिजो पुरुषलाई मात्र जिम्मेवारी दिईएको हर क्षेत्रमा आज महिला पनि सक्षम भै जिम्मेवारी बहन गरिसकेपछि हरेक कामको बाडँफाँड समान रुपले गर्नुपर्दछ होईन भने दोहोरो कार्यबोझको अभिभाराले महिला हिजोकै चुलोचौकोमा सिमित हुने समय नआउला भन्न सकिदैन जुन हामी सबैले चाहेको परिवर्तन अवश्य नै होईन।
हिंसा विभेदको उपज हो।यसको विजारोपण विगतमा भयो जसको कारण अशिक्षा,गरीबि, अन्धविश्वास, पितृसतात्मक सोच र आवश्यक कानुनको अपर्याप्तता आदि थिए।छोरालाई गरिने सम्पुर्ण कूरा लगानी र छोरीलाई गरिने हरचिज खर्च हो भन्ने मान्यतालाई हटाई अझ अहिले तेस्रो लिङ्गिका मुद्दाहरुलाई समेत लैङ्गिक मुद्दाको रुपमा उठान गरी उनीहरुलाई समाजमा ससम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चिता प्रदान गर्नुपर्दछ।आज विश्वभरमा नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता भन्न मूल नाराका साथ मनाईरहेका छौ।लैङ्गिक हिंसा कुनै एउटा न्भलमभच को मात्र सवाल नभई हामी सबैको साझा सवाल हो। यसले समग्र राष्टको समृद्धि र विकासमा प्रभाव पार्ने हुदाँ यसको न्यूनीकरणमा आफ्नो भूमिका खोजेर हिंसारहित समाज स्थापित गर्नु आजको अति प्राथमिक आवश्यकता हो।
र अन्त्यमा,
छाड्नुपर्छ सुन्दर सभ्य समाज बनाएर!
हुन्न पूरा स्वप्न मात्र अभियान चलाएर!!
लैङ्गिक विभेद हटोस सबै नहोस क्यैं बाँकी!
हाम्रो आवाज बुलन्द भै पुगोस माथी माथी!!!
विभेद रहित समाज सधै पुगोस माथी माथी!!!!!

लेखकः माछापुच्छ्रे गाउँपालिका महिला बालबालिका तथा समाजकल्याण शाखामा कार्यरत हुनुहुन्छ ।

Comments
Loading...