हिमाली आवाज । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्दै छन् ।
पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा शुक्रबार सम्पन्न सेमिफाइनलको खेल जित्दै यी दुई टोलीले फाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लब माथि सोझो सेटमा सहज जित जित दर्ता गर्दै फाइनल पुग्न सफल भयो । पुलिसले एभरेष्टलाई २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा हरायो ।

यस अघि पोखरामा केही साता अघि सम्पन्न भएको नवौं प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोस्रो उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।
यसैगरी एपिएफले न्यू डायमण्डलाई सोझो सेटमा हरायो । एपिएफले २५–१७, २६–२४ र २५–१९ को सेटमा डायमण्डलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।
नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ गतेदेखी सुरु भएको हो । प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त आयोजक स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।