नेकपा विवाद : सचिवालयमा सहमति बनेन, दुबै प्रश्ताव स्थायी कमिटीमा लगिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीमा देखिएको विवाद समाधान गर्न सकेन ।

लामो समयको संवादहिनतालाई तोड्दै बैठकअघि बालुवाटारमा दुई अध्यक्षकाबीच छलफल भएपनि सहमति बन्न नसकेको हो ।

पार्टी भित्रको जारी विवाद समाधान नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले सचिवालयमा प्रस्तुत प्रश्ताव स्थायी कमिटीमा लग्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार १ बजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्नेछ ।

Comments
Loading...