महानगर प्रमुख जिसी र कार्यकारी निर्देशक सापकोटाबीच पूर्वाधार निर्माणबारे छलफल

पोखरा, २१ मंसिर ।पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, सहरी योजना आयोगका पदाधिकारी र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाबीच आइतबार पोखराको विकास बारे छलफल भएको छ ।

महानगरपालिका र नगर विकास कोषको साझेदारीमा पोखरामा विभिन्न पूर्वाधार निर्माण गर्ने बारेमा छलफल भएको हो । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरमा आवश्यक पूर्वाधार निर्माणको बारेमा जानकारी गराउनु भएको थियो । 

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले पोखरामा आधुनिक बसपार्क निर्माण, ट्राफिक व्यवस्थापन सम्बन्धी काम, विद्युतीय बस सेवा सञ्चालन, पर्यटकीय पूर्वाधार निर्माणको साथै पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने बारेमा निकट भविश्यमै सहकार्य गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डाक्टर रामचन्द्र लामिछने, सदस्यहरु बाबुराम भण्डारी, सरोज कोइराला, वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, महानगरका सूचना अधिकारी भरतराज पौडेल, इन्जिनियर राजु रेग्मी, महेन्द्र गोदार र धुव्र भट्टराईले पोखरामा आवश्यक पूर्वाधार निर्माण बारे बोल्नु भएको थियो ।

Comments
Loading...