माछापुच्छ्रेको जनप्रिय आधारभूत विद्यालयलाई नेलम्वोबाट स्वास्थ्य सामग्री प्रदान

हिमाली आवाज । नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–७ धम्पुस खानिगाऊँमा रहेको जनप्रिय आधारभूत विद्यालयलाई आज स्वास्थ्य सामग्री प्रदान गरेको छ । यसैगरी आजनै पोखरा महानगर पालिका वडा कार्यालय २४ कास्कीकोटलाई पनि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।

नेलम्वोका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा किसन कोइरालाले जनप्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष आश बहादुर वि.क र प्रधानाध्यापक चुडामणी भण्डारीलाई माक्स, सेनिटाइजर, स्प्रे बोतल, फेस सिल्ड, हात धुने साबुन, डिस्पोजिवल ग्लोबस्, पकेट सेनिटाइजर, थर्मल गन डिउरा सेल ब्याट्री लगाएतका स्वास्थ्य सुरक्षाका समग्रीहरु हस्तान्तरण गर्नभएको थियो ।

विद्यालयलाई कोभिड १९ को विषम् परिस्थितिमा पनि विद्यालय सञ्चालन गरी अध्ययन अध्यापन गरिरहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर शिक्षण कार्य गर्न सो सहयोग गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विकले नेलम्बो नेपालले आफुले सोचे भन्दा पनि राम्रो किसिमका स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराई यहाँका गरिब,विपन्न विद्यार्थीलाई सहयोग गरी योगदान पु¥याएको प्रति धन्यवाद व्यक्त गर्नु भयो ।

यसैगरी पोखरा वडा नं २४ का वडासचिव कुश्मराज सुवेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । जनप्रिय आधारभूत विद्यालय धम्पुसमा रु १२ हजार ४९० र पोखरा महानगर पालिका वडा नं. २४ कास्कीकोटलाई रु २५ हजार ७९० गरी जम्मा रु ३८ हजार २८० बरावरको स्वास्थ्य सुरक्षाका समग्रीहरु प्रदान गरिएको नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...