पोखराका दुई विद्यालयलाई नेलम्बो नेपालद्धारा स्वास्थ्य सामग्री वितरण

हिमाली आवाज । पोखरा महानगरपालिका–४ गैह्रापाटन स्थित नेलम्बो नेपालले आइतबा दुई छुट्टा छुट्टै कार्यक्रमका बीच विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको कवि शिरोमणी लेखनाथ आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नं. ३१ मा रहेको अमर सिद्ध नमुना माध्यमिक विद्यालय लाई कोभिड १९ को विषम् परिस्थितिमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय संचालन गर्न स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयमा कोभिड १९ को समयमा विद्यालय सञ्चालन गरी विद्यालयमा पठन पाठन गराई रहेको र स्वास्थ्य सावधानी अपनाई शिक्षण कार्य गर्न माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, स्प्रे बोतल, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेस सिल्ड, डिस्पोजिवल ग्लोब्स, हाज धुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद मैनाली र वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्गलाई नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले कोभिड १९ को यस विषम् परिस्थितिमा विद्यालयहरु पूर्ण रुपमा मारमा परेको र स्वास्थ्य सुरक्षाका सामग्रीहरुको अभावमा विद्यालय संञ्चालन गर्न अप्ठ्यारो पर्यो भनि नेलम्बो नेपालमा आएको माग पत्रका आधारमा सहयोग गरेको व्यक्त गर्नु भयो ।
पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्गले यस विपन्न समुदाय रहेको विद्यालयमा नेलम्बो नेपाल आई सोचे भन्दा पनि धेरै र गुणस्तरीय स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गराएकोमा आभार व्यक्त गर्नु भयो ।

विद्यालय प्रधानाध्यापक गुरु प्रसाद सापकोटा र नेपाल पत्रकार महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सेनाले पनि मन्तव्य राख्नु भएको थियो ।

नेलम्बोले अमरसिद्ध नमुना माध्यमिक विद्यालयलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, स्प्रे बोतल, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेस सिल्ड, डिस्पोजिवल ग्लोब्स, हाज धुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पौडेल र पोखरा महानगर पालिका का वडा अध्यक्ष कमल बहादुर थापा लाई नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले हस्तान्तरण गर्नु भएको हो ।

कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयमा रु १९ हजार ४२० र अमर सिद्ध नमुना माध्यमिक विद्यालयमा रु २० हजार ४३० गरी रु ३९ हजार ,८५० बरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Comments
Loading...